Our social:
Loading...

Wednesday, February 15, 2017

मुसहर बस्तीमा धुर्मुस–सुन्तलीले यसरी मनाए ‘भ्यालेन्टाइन’ (हेर्नुहोस् ७ तस्बिरमा)


काठमाडौं । तेस्रो एकीकृत बस्ती निर्माणमा जुटेका कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले मुसहर बस्तीमै प्रेम दिवस मनाएका छन् ।
प्रेम सम्बन्धबाट वैवाहिक जीवनमा प्रवेश गरेका उनीहरुले एकीकृत नमूना मुसहर बस्तीमा श्रमदान गरेर दिवस मनाएका हुन् । मुसहरहरुसँग पनि प्रेम साटासाट गर्न भ्यालेन्टाइनमा श्रीमान श्रीमनी नै बस्तीमा पुगेको उनीहरुले बताएका छन् ।

व्यस्तताका कारण मायाप्रेमका लागि खासै फुर्सद नभएकाले मुसहरहरुसँगै काम गर्दै दिवस मनाउन लागेको उनीहरुको भनाई छ । प्रगाढ प्रेमकै कारण सामाजीक काममा पनि मन एक भएको भन्दै उनीहरुले एक अर्काप्रतिको विश्वास भए असम्भव केहि नभएको बताएका छन् ।
पहिलेका प्रेम दिवसभन्दा यसपालीको प्रेम दिवस अझै विशेष बनेको महसुस भएको सिताराम कट्टेलले बताएका छन् । मुसहरहरुको माझमा रहेर उनीहरुको दुःख पिडालाई दुर गर्ने अभियानमा सरिक भएर प्रेम दिवस मनाउन पाउँदा निकै खुशी लागेको कुञ्जना घिमिरे बताएकी छिन् ।


मन मिलेमा प्रेमको लागि कुनै दिवसको आवश्यकता नपर्ने बताउँदै उनीहरुले सामाजिक काम पनि प्रेमकै एउटा स्वरुप रहेको धारणा राखेका छन् ।

1 comment:

  1. Lucky Club - Slots, live dealer casino site - Lucky Club
    Lucky Club. Lucky Club. All Games. Game, Live. Live. Games, Live. Live. Live. luckyclub.live Rating. 777 Casino Drive, Las Vegas, NV, 89109. Casino.

    ReplyDelete

Loading...