मुसहर बस्तीमा धुर्मुस–सुन्तलीले यसरी मनाए ‘भ्यालेन्टाइन’ (हेर्नुहोस् ७ तस्बिरमा)

काठमाडौं । तेस्रो एकीकृत बस्ती निर्माणमा जुटेका कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले मुसहर बस्तीमै प्रेम दिवस मनाएका छन् ।

प्रेम सम्बन्धबाट वैवाहिक जीवनमा प्रवेश गरेका उनीहरुले एकीकृत नमूना मुसहर बस्तीमा श्रमदान गरेर दिवस मनाएका हुन् । मुसहरहरुसँग पनि प्रेम साटासाट गर्न भ्यालेन्टाइनमा श्रीमान श्रीमनी नै बस्तीमा पुगेको उनीहरुले बताएका छन् ।


पहिलेका प्रेम दिवसभन्दा यसपालीको प्रेम दिवस अझै विशेष बनेको महसुस भएको सिताराम कट्टेलले बताएका छन् । मुसहरहरुको माझमा रहेर उनीहरुको दुःख पिडालाई दुर गर्ने अभियानमा सरिक भएर प्रेम दिवस मनाउन पाउँदा निकै खुशी लागेको कुञ्जना घिमिरे बताएकी छिन् ।

मन मिलेमा प्रेमको लागि कुनै दिवसको आवश्यकता नपर्ने बताउँदै उनीहरुले सामाजिक काम पनि प्रेमकै एउटा स्वरुप रहेको धारणा राखेका छन् ।





Lucky Club - Slots, live dealer casino site - Lucky Club
ReplyDeleteLucky Club. Lucky Club. All Games. Game, Live. Live. Games, Live. Live. Live. luckyclub.live Rating. 777 Casino Drive, Las Vegas, NV, 89109. Casino.