Our social:
Loading...

Saturday, January 7, 2017

शाहरुखले तय गरे छोरीलाई डेट गर्ने केटाले अपनाउनुपर्ने यी ७ नियम

एजेन्सी । शाहरुख खानकी छोरी सुहाना बलिउडकी चर्चामा रहने गरेकी स्टारकिड मध्येकी एक हुन। सामाजिक सञ्जालमा निकै सक्रिय सुहाना आफ्ना तस्बिरका कारण पनि चर्चामा आइरहन्छिन्। अझ बेलाबखत शाहरुखले छोरीलाई लिएर दिने बयानले मिडियामा विशेष कभरेज पाउने गरेको छ। हालै शाहरुखले आफ्नी छोरीसंग डेट गर्न चाहनेले केही नियम अनुसरण गर्नुपर्ने बताएका छन्।
यी नियम सुहानाको होइन, स्वयम शाहरुखले बनाएका हुन। एक पत्रिकालाई अन्तर्वाता दिने क्रममा छोरीको जीवनमा एक राम्रो केटो आवस् भनि शाहरुखले इच्छा समेत प्रकट गरे तर साथसाथ छोरीको हुनेवाला व्याइफ्रेन्डकोलागि यी सात नियम बताए।
-जागिर हुनुपर्छ
-यो बुझ कि म तिमीलाई मनपराउँदिन
-सधै मेरो तिमीमाथी नजर हुनेछ
-वकिल सदैव साथ हुनेछ
-ध्यान रहोस्, उ मेरी राजकुमारी हो, तिमी उसलाई जित्न सक्दैनौ
-यदि उसलाई दुख दिए मलाई जेल जाने डर छैन
-जस्तो व्यवहार सुहानासंग हुनेछ, म तिमीसंग उस्तै व्यवहार गर्नेछु
यो भन्दा अघि शाहरुखले आफ्नो छोरीलाई किस गरे उसको ओठ उखेलिदिने समेत बताएका थिए।

0 comments:

Post a Comment

Loading...