Our social:
Loading...

Saturday, January 7, 2017

माइक्रो बसभित्रै एक नेपालीलाई लुट्ने तीन भारतीय नागरिक पक्राउ


पुस २३ । माइक्रो बसभित्रै एक नेपालीलाई लुटपाट गर्ने तीन भारतीय नागरिक पक्राउ परेका छन् ।

आज चार बजेको समयमा भारतबाट उपचार गरि फर्कदै गरेका बर्दिया बबई नगरपालिका –५ वस्ने मोहनराज तिमिल्सेनालाई लुटपाट गर्ने तीन भारतीय नागरिक पक्राउ परेका हुन् ।

जमुनाहको बाटो हुँदै नेपालगंजतर्फ आउँदै गरेको अवस्थामा उनीहरुले माइक्रो बसभित्रै भितिमिल्सिनाको पकेटबाट ६ हजार ८ सय रुपैयाँ लुटेका थिए ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लुटिएको पैशासहित पाकेटमारालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
 
- See more at: http://dcnepal.com/news/news.php?nid=256075#sthash.mevZ5U5v.dpuf

0 comments:

Post a Comment

Loading...