Our social:
Loading...

Tuesday, January 10, 2017

उपत्यकाका मःम पसल, जहाँ खानकै लागि लाइन बस्नुपर्छ

आम नेपालीले खाजाको रुपमा सबैभन्दा बढी रूचाउने र खाने खाजामा मःम पर्ने गरेको छ। अझ काठमाडौंबासीको त खाजा भनेकै मःम हो भन्दा पनि फरक नपर्ने मःम व्यवसायीहरू बताउँछन्। 
तर मःमका परिकार भने फरक फरक हुन्छन्। भेज, चिकेन र बफ मःम यी मध्ये पनि सबैभन्दा बढी खाइनेमा बफ मःम नै रहेको मःम व्यवसायी गंगा श्रेष्ठ बताउँछन्। 
राँगाको मासु नखाने बीच पनि बफ मःम लोकप्रिय हुनुमा नाम र स्वाद रहेको बफ मःम खाने गरेका सुजिन्द्र थापाले बताए। पिठोको खोल हालेर पकाइने मःम खासमा तिब्बती खान्की हो। 
उहिल्यै व्यापारका लागि तिब्बत जाने नेपाली नेवारी व्यापारीले मःम नेपाल भित्र्याएको ज्यापु समाजका पूर्व अध्यक्ष एवं नेवारी सस्कृतिविद वीरसिंह महर्जनको भनाइ छ। 
‘मोहमा’ भन्ने तिब्बती शब्दबाट अपभ्रंश  हुदै नेपालमा आइपुग्दा ‘मःम च्याँ’ हुँदै मःम बनेको उनको बुझाइ छ। मोहमो नेपालमा पाइने मःम भन्दा ठूलो हुने गरेको छ। 
नेवारी समुदायको बाहुल्य भएको काठमाडौंका केही ठाउँमा २०२० को दशकको भन्दा पहिलैदेखि मःम पसल खुलेकोे अनुमान छ। आजभोलि भने मःम नेपालभर पाइन्छ।
मःम पसल खोल्न अरु व्यवसाय गर्न भन्दा सजिलो हुने र लगानी समेत कम हुने हुँदा मःम पसल सञ्चालन गरेको लगनखेल माहाभारत मःम पसलका प्यारेलाल श्रेष्ठले बताए। 
उपत्यकाका हरेक मःम पसलमा मूल्य भने फरक फरक हुने गरेको व्यावसायी बताउँछन्। 
उपत्यकाका दैनिक भीड लाग्ने मःम पसल यी हुन्ः
महाभारत मःम पसल, लगनखेल 
लगनखेल बसपार्क छेउमै २०४४ सालदेखि खोलिएको बंगामुखी स्वादिष्ट महाभारत मःम पसलमा दिनहुँ मानिसमो भीड लाग्ने गरेको छ। ग्राहक बिहान १० बजेदेखि नै मःम खान आउने गरेको पसलका सञ्चालक प्यारेलाल श्रेष्ठले बताए। 
चिसोको समयमा अझ मःम खाने ग्राहक बढी हुने गरेको उनको बुझाई छ। दिनमा समान्यतया चारदेखि पाँच सय प्लेट मःम बेच्ने गरेको उनले सुनाए। प्रति प्लेट ८० रुपैयाँ रहेको छ। यसको शाखा समेत बिस्तार गरेको उनले बताए।   
डेलिसियस मःम पसल, जमल
जमल नाचघरसंँगै जोडिएको घरमा १८/२० वर्ष देखि पोखरा रानीबारीका खेम गुरुङगले चलाएको डेलिसियस मःम पसल जमल क्षेत्रकै उत्कृष्ट मःम पसल हो। 
आफूले दैनिक ५ सय भन्दा बढी प्लेट बिक्रि गर्ने गरेको उनले बताए। प्रति प्लेट १ सय ३० रुपैयाँमा दररेट भएको यो पसलमा परिवारनै मःम व्यावसायमा लोगेको उनले बताए।
ग्राहकको चाहना अनुसारको मःम आफूले बनाउने भएकाले आफ्नो व्यावसाय राम्रो भएको उनको भनाई छ। मानिसलाई आज भोलि समय नहुने र मःम चाँडै पाक्ने भएकाले मःम रोजाईमा  पर्ने उनको भनाई छ। 
न्यू एभरेष्ट मःम सेन्टर, ठमेल
सरस्वती क्याम्पस नजिकै खोलिएको न्यू एभेष्ट मःम सेन्टर लैनचोर क्षेत्रको सबैभन्दा बढी चल्ले मःम पसल हो। दुबै दाजुभाई सिताराम श्रेष्ठ र बाबुराम श्रेष्ठले करिब २० वर्ष पहिले खोलेको मःम पसलबाट दैनिक १ हजार प्लेट भन्दा माथि बिक्री हुनेगरेको सिताराम श्रेष्ठले बताए। प्रति प्लेट  ८० रुपैयाँ रेट रहेको आफ्नो मःम पसलमा २४ जनालाई रोजगारी दिएको उनले बताए।
मःम स्वादिष्ट हुनुको साथै पेट भरिने हुँदा मःम खान मानिस भीड लाग्ने उनले बताए। हाल एभरेष्ट नाम राखेर धेरै मःम पसल खुलेको समेत उनले बताए। 
ग्रेट टेष्टी बोसो रहित मःम पसल
पुल्चोक पूलबाट झम्सिखेल आउने बाटोकै दायाँ साइडमा खोलिएको ग्रेट टेष्टी बोसो रहित मःम पसल पुल्चोक क्षेत्रको चलेको मःम पसल हो। श्याम डङ्गोलले करिव ५/७ वर्ष पहिले खोलेको मःम पसलबाट दैनिक कम्तिमा २ सय भन्दा बढी प्लेट बेच्ने गरेको उनले बताए।
प्रति प्लेट ८० रुपैयाँमा  मःम  बेच्ने गरेका डङ्गोलको बुझाईमा पनि मःम चाडो पाक्ने र मिठो हुनेहुँदा लोकप्रिय बन्दै गएको हो। 
सन्ते मःम सेन्टर ठूलो भर्‍याङ 
ठूलो भर्‍याङ चोकभन्दा करिब दुई सय मिटर भित्र रहेको सन्ते मःम सेन्टर ठूलो भर्याङ क्षेत्रको सबैभन्दा बढी भीड हुने मःम पसल हो। चार वर्षदेखि सन्ते लामाले खोलेको पसलमा दैनिक तीन सय देखि चार सयसम्म बिक्री हुने गरेको उनले बताए।  प्रति प्लेट  एक सय रुपैयाँ पर्ने यो पसलमा दैनिक ग्राहकको भीड लाग्ने गरेको छ। 

0 comments:

Post a Comment

Loading...