नेपालको पानी जनताको लगानीः कसरी भर्ने सेयर आवेदन?
.jpg&w=675&q=60)
जलविद्युत् क्षेत्रमा लगानी गर्दै हुनुहुन्छ, अब तपार्इंलाई लाइनमा बस्ने झन्झट हुने छैन। लगानीकर्ताले सहज रुपमा नै घरमा बसेर नै आफूले के कति रकम जलविद्युत्मा लगानी गर्ने हो सोको प्रतिबद्धता व्यक्त गर्न सक्नुहुनेछ।
तपार्इंले लगानी गर्न चाहेको रकम विभिन्न जलविद्युत् आयोजनामा सरकारले लगानी गर्नेछ । कति वर्षमा कति प्रतिफल आउँछ सोको जानकारीसमेत सरकारले तपार्इंलाई दिनेछ । उर्जा मन्त्रालयले ल्याएको ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रममा लगानी गर्नको लागि अनलाइन व्यवस्था गरिएको छ।
सर्वसाधारणले लगानी गर्न चाहेमा त्यसको लागि कुनै पनि ठाउँमा लाइन नलागेर अनलाइनबाट सेयर आवेदन भर्नको लागि छुट्टै वेबसाइट सार्वजनिक गरिएको छ।
जलविद्युतमा लगानी गर्न चाहनेहरुलाई प्रोत्साहन गर्नको लागि सम्भवभएजति सबै प्रविधिको प्रयोग गरेर सरल बनाउने योजनाअनुरुप पहिलोचरणमा वेबसाइटको लन्च गरिएको उर्जामन्त्री जनार्दन शर्माले जानकारी दिए।
देशभित्र वा बाहिर जहाँ भएपनि इच्छुक व्यक्ति तथा कम्पनीले आफूले गर्नसक्ने लगानीको प्रतिबद्धता व्यक्त गर्नुपर्ने छ।
यसरी आएको लगनाीको प्रतिबद्धताको आधारमा निर्माण गर्नसकिने आयोजना छनौट गरी त्यसको जानकारी लगानीकर्तालाई दिइने मन्त्री शर्माले बताए।
मन्त्रालयले सञ्चालनमा ल्याएको वेबसाइटमा आजदेखि नै नागरिकले आफूले लगानी गर्न चाहेको रकमको प्रतिबद्धता भर्न सक्नेछन् । नागरिकबाट उठाइएको रकम जलविद्युत् उत्पादन कम्पनीले अगाडि बढाउने नलसिंहगाड, शारदा, माथिल्लो अरुण, तल्लो अरुणजस्ता महत्वपूर्ण र बहुउद्देश्यीय आयोजनामा लगानी गरिनेछ ।
कसरी भर्ने आवेदन?
सबैभन्दा पहिला वेवसाइट लगइन गर्ने। त्यसपछि खुल्ने एउटा खाता खोल्ने जसको लागि तपाईलाई इमेल ठेगाना भएमात्र पुग्छ।
त्यसपछि वेसाइट खुल्छ। जहाँ तपाईले आफ्नो व्यक्तिगत विवरण राख्नुपर्छ। त्यसपछिका ६ वटा स्टेप फारम भरेपछि अन्तिममा फारम समावेस हुन्छ।
0 comments:
Post a Comment