Our social:
Loading...

Tuesday, January 10, 2017

'दंगल'बाट सलमान, शाहरूखसहित आफैंलाई पछार्दै आमिरले बनाए यस्तो नयाँ रेकर्ड

आमिर खान स्टारर फिल्म 'दंगल'ले बलिउड फिल्म व्यापारमा नयाँ कीर्तिमान कायम गरेको छ। वक्सअफिसमा ३४४ करोड भारूको कमाइ गरेपछि उसले यो कीर्तिमान कायम गर्न सफल भएको हो।
रेकर्ड कायम गर्ने क्रममा आमिरले आफ्नो 'पिके' फिल्मलाई पछाडी पारे। 'पिके'ले ३ सय ३९ करोडको विजनेस सहित अग्र पङ्तीमा थियो। यो कीर्तिमान कायम गर्न 'दंगल'लाई १७ दिन लाग्यो। फिल्मको व्यापार अझै आक्रमक रहेको छ। 
फिल्मले भारत सहित विदेशमा विभिन्न शहरमा पनि नयाँ भन्दा नयाँ रेकर्डहरु कायम गर्दै अगाडी बढिरहेको छ। फिल्मलाई नितेश तिवारीले निर्देशन गरेका हुन्। नेपालमा पनि फिल्म सर्वाधिक कमाइ गर्ने विदेशी फिल्मको अग्रस्थानमा आइसकेको नेपाल वितरकले दावी गरिसकेका छन्।

0 comments:

Post a Comment

Loading...