सहमतिमा संसोधन प्रस्ताव टेबल गरियो–प्रधानमन्त्री दाहाल

पुस २५, २०७३ प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिपक्षीको सहमतिमा संसदमा संविधान संशोधन प्रस्ताव टेबल गरिएको बताउनुभएको छ । चितवन महोत्सव उद्घाटनका लागि चितवन पुग्नु भएका प्रधानमन्त्री दाहालले भरतपुर विमानस्थलमा सञ्चारकर्मीसंग बाहिर कुरा आए जस्तो झुक्याएर वा जर्बजस्ती प्रस्ताव पेश नगरिएको दावी गर्नुभयो । प्रधानमन्त्री दाहालले संशोधनको प्रस्ताव टेबल हुनुअघि एमाले अध्यक्ष केपी ओलीसंग एक घण्टाको छलफलमा संशोधनको प्रक्रिया अगाडी बढाउन सहमती जुटेको उहाँको भनाई थियो । एमाले अध्यक्ष ओलीसंग आपसी समझदारीमा मुलुकलाई अघि बढाउन र संविधान कार्यान्वन गर्ने विषयमा गम्भीरताका साथ कुराकानी भएको प्रधानमन्त्री दाहालले बताउनुभयो । उहाँले सबै विवाद समाधान गरेर निर्वाचनको वातावरणको तयारी गरिरहेको स्पष्ट पार्नुभयो । फरक प्रसंगमा प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयन गरेर मात्र आफुले राजीनामा दिने उल्लेख गर्नुभयो ।
0 comments:
Post a Comment