Our social:
Loading...

Sunday, January 15, 2017

हलिउडमा जम्दै नेपाली चेली


झन्डै अढाई दशकअघि पश्चिम अर्घाखाँचीको खाँचिकोट र कपिलवस्तुस्थित पुर्खयौली घर गाउँका स्थानीय भाकामा नाचेर नथाक्ने अमृता आचार्य यतिबेला पश्चिमी दुनियाँमा आफ्नो शानदार अभिनयको चमत्कार देखाउँदै छिन्।
युरोपमा कहलाएका नेपाली मुलका चिकित्सक प्रो. डा. गणेश आचार्य र युक्रेनी मुलकी आर्किटेक्ट आमा लारिसा आचार्यको कोखबाट २९ वर्षअघि जन्मिएकी अमृताको बाल्यकाल नेपालमै बित्यो। म अहिले आफ्नो कर्मभूमी अमेरिका, बेलायत र नर्वेमा व्यस्त छु, तर सानो छँदा नेपाल गाउँमा हजुरबा, आमाको घर गएको र आफन्त र साथीसंगीसँग रमाइलो गरेको याद कहिल्यै पनि भुल्न सक्दिनँ,’ अमृताले सेतोपाटीसँग भनिन्,। नाटकमा अभिनय गर्न रुचाउने अमृताले उपयुक्त समय, कथा र भूमिका पाए नेपालमा पनि काम गर्न इच्छुक रहेको बताइन्।
लन्डनस्थित एकाडेमी अफ लाइव एण्ड रेकर्डेड आर्ट्स (एएलआरए ) बाट नाटक अभिनय कलामा स्नातक गरेकी अमृताले आफ्नै मुख्य भूमिका रहेको चर्चित ब्रिटिस आइटीभीको मेडिकल ड्रामा सो `द गुड कर्म हस्पिटल’ फेब्रुअरीबाट प्रसारण हुँदैछ।
प्रख्यात अमेरिकी टेलिभिजन (एचबिओ) शृंखला ‘गेम अफ थ्रोन’ मा महारानीकी सुसारे ‘इर्री’ को भूमिकाबाट ब्यवसायिक अभिनय यात्रामा पाइला टेकेकी अमृता ‘द गुड कर्म हस्पिटल’ मा भने ब्रिटिस-एसियन जुनियर डाक्टर रूबी वाल्करको भूमिकामा छिन्।
 एकल महिला मीनाको प्रमुख भूमिका रहेको अमृता अभिनित नर्वेली फिल्म ‘याई आर दिन्’ (म तिम्रो हो) नर्वेबाट सन् २०१३ मा ओस्कारको लागि मनोनयनमा परेको थियो। सन् २०१४ मा अमृताद्वारा आभिनित अर्को नर्वेली फिल्म ‘दोद स्नो -२’ अमेरिकी सुन्डान्स फिल्म फेस्टिबलमा प्रदर्शनी गरिएको थियो।
उक्त फिल्मले अमेरिकी बजारसमेत पाएको छ।  हाल नर्वेको टिभी-२ द्वारा प्रसारित लोकप्रिय धारावाहिक फ़्रिच्येन्त (सफाइ) मा अमृताको सरकारी वकिलको भूमिका छ। झन्डै ७७ करोड रुपैयामा निर्मित उक्त धारावाहिक जर्मनी, फ्रान्स, ब्रिटेन र न्युजिल्याण्डलगायत २१ वटा राष्ट्रमा प्रसारणको लागि बिक्रि भएको छ। यसबाहेक उनले ब्रिटिस रोमान्टिक कमेडी ‘अमर, अकबर र टोनी’ मा समेत अभिनय गरेकी छिन्।

0 comments:

Post a Comment

Loading...