Latest Nepali music video, indicates the life of those families whose family members are at foreign country, is about those family who are ...
Loading...
Sunday, January 15, 2017
अनलाइन रिलिज भयो चलचित्र 'लुकामारी' (पुरा फिल्मसहित)
काठमाडौँ, १ माघ, चलचित्र 'लुकामारी' आजबाट अनलाइन रिलिज भएको छ । श्रीराम दाहाल निर्देशित चलचित्र 'लुकामारी' लाई बुढासुब्बा डिजिटलको युट्युव च्यानलबाट रिलिज गरिएको हो । ग्लेज इन्टरटेनमेन्टले निर्माण गरेको यो फिल्म हलहरुमा भने गत असार १० गते रिलिज भएको थियो । सौगात मल्ल, कर्मा, विक्रमसिंह थारु, सुरविना कार्की, रिस्ता बस्नेत, कृष्णभक्त महर्जन, जे.वि. डिसी, प्रवण भुषाल, कुशल विष्ट, बसन्त भट्ट, प्रकाश पौडेल लगायतको मुख्य भूमिका रहेको फिल्मले अनलाइन रिलिजको सुरुवातमै राम्रो दर्शक पाएको छ । करिब ६ घण्टाको अवधिमा फिल्म 'लुकामारी' लाई ६१ हजार भन्दा बढीले हेरिसकेका छन् । तपाईं पनि हेर्नुहोस् चलचित्र 'लुकामारी'
0 comments:
Post a Comment