Our social:
Loading...

Saturday, January 7, 2017

फ्ल्याटमा ओम पुरीको शव नग्न भेटियो, पोष्टमर्टम रिपोर्टले यस्तो बतायो


एजेन्सी । ओम पुरीको शुक्रबार बिहान निकै संदिग्ध स्थितीमा शव भेटिएको भारतीय सञ्चार माध्यमले जनाएको छ । सुत्रका अनुसार ओमपुरीको नग्न शरिर उनको फ्ल्याटको किचन नजिकै भेटिएको थियो । यसका साथै पोष्टमर्टम रिपोर्टमा पुरीको टाउकोको माथिल्लो भागमा डेढ इन्च गहिरो खाल्डो भेटेको छ । यसका साथै उनको बिहिबार राती श्रीमती नन्दितासँग चर्को बहस भएको पनि भारतीय संचार माध्यमको दाबी छ । नन्दिता छोरा इशानसँग अलग्गै बस्छिन् ।
– बिहिबार बेलुकी ओम पुरी फिल्म निर्माता खालिद किदवईसँगै थिए । किदवईले यसबारे स्रोतलाई जानकारी दिएका छन् ।
– ‘उनी नन्दिताको घर गए । त्यहाँ उनी छोरा ईशानसँग भेट्न गएका थिए । नन्दितासँग उनको चर्को बहस भएको थियो । तल झरेर उनले ईशानलाई फोन गरे तर उनी कुनै पार्टीमा भएको जानकारी दिए । त्यसपछि उनी गाडीमा नै छोरालाई प्रतिक्षा गर्न थाले । यसैबिच उनले ड्रिंक पनि गरे,’ उनले भने ।
– किदवईका अनुसार त्यसपछि उनी किदवईलाई लिएर मनोज पाहवा (नायक) को घर पनि पुगे । त्यहाँ पनि उनको कसैसँग पैसाको विषयमा बहस भयो । उनी बाहिर भएकाले उनलाई यसबारे राम्रो जानकारी नभएको पनि उनले बताए । बाहिर आएपछि पुरी निकै भावुक देखिएको उनले बताए ।
– उनी भन्छन्, ‘त्यसपछि मैले उनलाई घरमा छोडिदिएँ । बाटोमा मैले उनको पर्स मेरो कारमा खसेको थाहा पाएँ । पर्स दिनका लागि बिहान मैले उनको ड्राइभर (मिश्रा) लाई फोन गर्दा उनले ढोका नखोलिएको जानकारी दिए ।’
श्रीमतीले खालिद र ड्राइभरमाथि लगाइन् आरोपः
– सूत्रका अनुसार नन्दिताले पुरीको मृत्युका लागि खालिद र ड्राइभर मिश्रामाथि आरोप लगाइन् । पुलिसले खालिदसँग शुक्रबार राती ओशिवारा थानामा करिब दुई घण्टा सोधपुछ गरियो साथै ड्राइभरसँग पनि जानकारी लिइने पुलिसले बताएको छ ।

पोष्टमर्टम रिपोर्टमा के ?
– खबरका अनुसार पुरीको टाउकोको माथिल्लो भागमा डेढ इन्च लामो खाल्डो भेटिएको छ । टाउकोमा थुप्रै ठाउँमा रगत पनि जमेको छ । किचन नजिकै उनको मृत शरिर भेटिएको थियो जहाँ निकै फोहोर थियो ।
पुलिसले के भने ?
– ओशिवारा थानाका सिनियर इन्स्पेक्टर सुभाष खानविलकर भन्छन्, ‘हामी सबै तरिकाले अनुसन्धान गरिरहेका छौं । पुरी जुन बिल्डिङमा बस्दथे त्यहाँको भिजिटर रिजिस्टर र सीसीटीभी जफत गरिएको छ । अन्तिम २४ घण्टामा उनले जसलाई भेटेका थिए, उनीहरु सबैसँग सोधपुछ हुनेछ । ’
– पुलिसले चाँडै नै उनकी श्रीमती नन्दिता, छोरा इशान र नायक मनोज पाहवासँग सोधपुछ गर्ने बताएको छ ।
बिहिबार सुटिङ गरेर फर्किएका थिएः
– उनका छिमेकीका अनुसार ओम बिहिबार बेलुकी एक फिल्मको सुटिङ सिद्धाएर घर फर्किएका थिए ।
– शुक्रबार बिहान उनका ड्राइभरले घरको ढोका खोल्न खोजे । ढोका नखोलिएपछि ड्राइभरले नै स्थानीय ओशिवारा पुलिस स्टेशनमा सम्पर्क गरे ।
– उनको पार्थिव शरिरलाई पोस्टमर्टमका लागि कूपर अस्पताल लगिएको थियो । अस्पतालमा शबाना आजमी, सुशान्त सिंह र अशोक पंडित उपस्थित थिए । रातोपाटीको सहयोगमा 

0 comments:

Post a Comment

Loading...