विराटनगरमा राजावादी सल्बलाए
विराटनगरमा राजावादीहरु सक्रिय हुन थालेका छन् । राष्ट्रिय जनता पार्टी राजावादीले पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा शनिबार विराटनगरको भन्सार क्षेत्रमा विशेष कार्यक्रम आयोजना गरेको छ । मोरङ, सुनसरी जिल्ला कार्य समितिको संयुक्त आयोजनामा विराटनगरको दक्षिणी भन्सार क्षेत्रमा भएको कार्यक्रममा बोल्दै पार्टीका राष्ट्रिय अध्यक्ष किशोरी महतो, बरिष्ठ उपाध्यक्ष देवनारायण महतो, उपाध्यक्ष रामकुमार खातीलगायतले राष्ट्रको एकीकरणमा स्वर्गीय राजा पृथ्वीनारायण शाहको योगदानको विषयमा चर्चा गरेका थिए । कार्यक्रमका वक्ताहरुले संघीयताको नाममा देश बिखण्डनतर्फ अघि बढेको भन्दै चिन्ता समेत ब्यक्त गरेका छन् । यस्तै उनीहरुले पृथ्वी जयन्तिमा विदा दिनुपर्ने, देशलाई पुनः हिन्दुराष्ट्र बनाउनु पर्ने लगायतका माग अघि सारेका छन् । आउँदो पुष २७ गते मनाइने पृथ्वी जयन्तिको पूर्वसन्ध्यामा गत पुष २१ गतेदेखि साताब्यापी कार्यक्रम गरिरहको राष्ट्रिय जनता पार्टी राजावादीका केन्द्रीयसदस्य अर्जुनकुमार क्षेत्रीले जानकारी दिए । कार्यक्रममा आयोजक संस्थाका मोरङ संयोजक मुस्लिम मियाँ, विराट राष्ट्रबादी परिषद् नेपालका अध्यक्ष कुर्बान मियाँ, भारतको जोगबनी नगर पञ्चायतका उपमेयर नरेशप्रसाद लगायतको उपस्थिति थियो । - See more at: http://www.dcnepal.com/news/news.php?nid=256084#sthash.XRFeeOjE.dpuf
0 comments:
Post a Comment