Our social:
Loading...

Thursday, January 19, 2017

अर्को ठूलो उपाधि नजिक तेरिया

बुटवलकी तेरिया फौजा मगर भारतमा फेरि अर्को उपाधि नजिक छन्। सन् २०१२ मा भारतीय टेलिभिजन च्यानल जी टीभीबाट प्रशारित डान्स रियालीटी सो डीआइडी ३ को विजेता भएकी तेरिया अर्को रियालिटी सो झलक दिखलाजाको फाइनल पुग्दै अर्को ठूलो उपाधि नजिक पुगेकी हुन्।
माघ ८ गते हुने फाइनलमा तेरियालाई जिताउन यतीबेला फेरि नेपालीहरू जुटेका छन्। अहिले बुटवलसहित अधिकांश सहरमा तेरिया जिताऔं अभियान चलाइरहेका छन्।
उनीहरूले तेरियालाई अहिले फेरि नेपाली नागरिकको साथ र सहयोगको खाँचो रहेको भन्दै तेरियालाई जिताउनका अत्याधिक भोट आवश्यक पर्ने बताएका छन्।
भारतीय सिमकार्ड प्रयोगकर्ताले सय पटकसम्म एसएमएसमार्फत तेरियालाई भोट गर्न सक्नेछन्। तेरियालाई जिताउन अनलाइनट भोटिङ गर्ने व्यवस्था पनि छ। शनिबारबाट शुरू भएर बिहीबार राति ९ बजेसम्म भोटिङ गर्न सकिनेछ।
भारतीय टेलिभिजन च्यानल कलर्स टिभीको वेबसाइटमा गएरसमेत भोट गर्न सकिने छ। क्लिक गरेपछि जोसुकैले भोट गर्न सक्ने व्यवस्था गरिएको छ।
यसरी गर्नुहोस् भोट

0 comments:

Post a Comment

Loading...