Our social:
Loading...

Thursday, December 29, 2016

दिल्लीले भन्यो– ‘नेपाल र चीनको संयुक्त युद्धअभ्यास भारतमाथिको बदला

इतिहासमै पहिलोपटक हुन लागेको नेपाल र चीनबीचको संयुक्त सैन्य अभ्यासको खबरलाई लिएर भारतमा हंगामा भएको छ ।
भारतीय अधिकारीहरुलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले यो निर्णयलाई भारतमाथिको ‘उक्साउने कारवाही’ भनेका छन् ।

सैनिक जनसम्पर्क निर्देशनालय जंगी अड्डाका अनुसार नेपाल र चिनियाँ सेनाबीच आउँदो वर्षको फेब्रअरी महिनाभित्र संयुक्त युद्धअभ्यास हुँदैछ । चीन भ्रमणका क्रममा प्रधानसेनापति क्षत्री चिनियाँ सेना प्रमुख जनरल फाङ फेनगुईसँग ।
संयुक्त सैन्य प्रस्ताव नेपालले नभई चीनले नेपाललाई गरेको हुँदा भारतीय मिडियाले चीनको भारतलाई हेर्ने नीतिमा समेत परिवर्तन आएको अनुमान गरेका छन् । ‘यो भारत चीन सम्बन्ध जटिल मोडमा पुगेको र पुरै अन्तर्राष्ट्रिय कुटनीतिको मान्यता बदलिएको संकेत हो’, भारतीय पत्रिका नवभारत टाइम्सले भनेको छ ।
चीनको सरकारी समाचार संस्था ग्लोबल टाइम्सले चीन–नेपाल युद्धअभ्यासबाट दुई देशबीचको सैन्य सहयोग बढ्ने र भविष्यमा यसलाई संस्थागत स्वरुप दिने चीन सरकारको तयारी सार्वजनिक गरेपछि मिडियामार्फत भारतीय अधिकारीले चिन्ता गरेको देखिएको छ ।

भारती मिडियाले अहिले नेपाल–भारत सम्बन्धमा केही उतार चढाव आएको भन्दै चीनबाट आएको प्रस्तावपछि नेपालको घटनाक्रमलाई हल्का रुपमा लिन नहुने निष्कर्ष समेत पेस गरेका छन् । चीनका गतिविधि भारतका लागि नोक्सानीपूर्ण हुने समाचारमा उल्लेख छ । भारतीय मिडियाले आफ्नो सरकारलाई चीनको निर्णयमा दुःख मान्नुभन्दा आफ्नो ध्यान छिमेकीसँगको सम्बन्ध सुधारमा केन्द्रीत गर्न सुझाएका छन् । र, यसमा ढिलाइ गर्न नहुनेमा उनीहरुको जोड छ ।

0 comments:

Post a Comment

Loading...