Our social:
Loading...

Friday, December 30, 2016

पुस २७ गते सार्वजनिक विदा दिन मन्त्रिपरिषदमा कुरा उठ्यो, प्रधानमन्त्रीद्वारा अस्वीकार

आगामी पुस २७ गते सार्वजनिक विदा दिन सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले बिहीबारको मन्त्रिपरिषद बैठकमा कुरा राखेका छन्।
नेपालमा यति धेरै सार्वजनिक विदा छ। तर पनि नेपाल निर्माणमा पृथ्वीनारायण साहले दिएको योगदान र भूमिकालाई विर्सेर उनलाई अनादर गर्न मिल्दैन त्यसैले पुस २७ मा सार्वजनिक दिनुर्पछ,’ मन्त्री केसीको भनाई उदृत गर्दै स्रोतले भन्यो,‘इतिहासका कुनै कालखण्डलाई हामीले बिर्सनुहुन्न। चीन, रसिया र जर्मन जस्ता मुलुकमा पनि स्थापनाकर्ताको महत्वलाई बुझेर राष्ट्रिय पर्व मनाउने गरेको छ। हामीले किन अपमान गर्ने?’, उनले भने।
प्रधानमन्त्री पुष्पकमल दाहालले यो राजनीतिक विषय भएकोले राजनीतिक सहमति बिना नहुने भन्दै मन्त्री केसीको कुरा ठाडै अश्विकार गरेका थिए। पुस २७ गते विदा दिन राजनीतिक सहमतिको आवश्यकता पर्ने दाहालले बताए। आजको मन्त्रिपरिषदले यसबारे केही निर्णय गरेन।

0 comments:

Post a Comment

Loading...