Our social:
Loading...

Saturday, February 4, 2017

प्याराहकिङका लागि पालिएका गिद्ध र चील वनले नियन्त्रणमा लियो

माघ २२, २०७३-
जिल्ला वन कार्यालय कास्कीले बेलायती नागरिक स्कट म्यासनले पोखराको खपौंदीस्थित् मायादेवी भिलेज रिसोर्टमा अवैध रुपमा पालेका दुई वटा गोब्रे गिद्ध र तीन वटा चील नियन्त्रणमा लिएको छ ।
जिल्ला वन अधिकृत (डिएफओ) केदार बरालका अनुसार ती चरालाई पिंजडाबाटै उद्दार गरेर वन कार्यालय पोखरा ल्याइएको छ । स्कटले उपचार र उद्दारका नाममा दुर्लभ गोब्रे गिद्ध र बाजको प्रयोग गर्दै झण्डै दशकदेखि अवैध रुपमा ‘प्याराहकिङ’ चलाउँदै आएका थिए । 
प्याराहकिङमा गिद्ध र बाजको प्रयोग भइरहे पनि वनले नियन्त्रणमा ध्यान दिएको थिएन । कान्तिपुरले शनिवार स्कटले अवैध रुपमा चलाएको प्याराहकिङबारे समाचार सम्प्रेषण गरेको थियो । 
स्कटले वन्यजन्तु र चराका लागि डोनेसन र आर्थिक सहयोग गर्दै अवैध रुपमा व्यवसाय सञ्चालन चलाउँदै आएका थिए ।


http://bit.ly/2jO9k7S

0 comments:

Post a Comment

Loading...