Our social:
Loading...

Thursday, February 9, 2017

सरकार निर्वाचन गराउने पक्षमा छैन : बामदेव गौतम


लक्ष्मण ढुंगाना, बर्दिया, २७ माघ, वर्तमान सरकार निर्वाचन गराउने पक्षमा नरहेको नेकपा (एमाले) का उपाध्यक्ष, पूर्व उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले दावी गरेका छन् । संविधानले ब्यवस्था गरे बमोजिम २०७४ माघ ७ गते भित्र स्थानीय तह, प्रदेश र केन्द्रको गरी तीनवटै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म निर्वाचनको मिति नतोकेका कारण वर्तमान सरकार निर्वाचन गराउने पक्षमा नभएको दावी गरेका हुन् ।
सर्लाही सुनसरीमा बस्ने ब्यक्तिलाई पाँच नम्बर प्रदेशको सिमाङ्कन हेरफेर गर भन्ने अधिकार नभएको भन्दै पाँच नम्बर प्रदेशको सिमाङ्कन हेरफेर गर्ने प्रस्ताव नेकपा एमालेलाई सह्य नभएको बताउँदै उक्त प्रस्ताव राष्ट्रहित विपरित भएको समेत गौतमले बताए ।
सरकारका पछिल्ला गतिविधिहरुले नेपाली जनता र लोकतन्त्रको विरुद्धमा वर्तमान सरकार रहेको समेत उपाध्यक्ष गौतमले आरोप लगाए । बर्दियाको राजापुर क्षेत्रको इतिहासको कुरा गर्दै राजापुरबाट भारतको प्रवेशद्वार र तिब्बत हुँदै यूरोप जाने बाटो भएको बताउँदै आज इतिहासलाई समाप्त पार्ने गरी तराई र पहाड अलग गर्ने जनताको माग विपरित कार्य गर्न खोजिएको उपाध्यक्ष गौतमको भनाई थियो ।

0 comments:

Post a Comment

Loading...