Our social:
Loading...

Friday, February 3, 2017

हलिउड कलाकार स्वर्जनेगरले भने - डोनाल्ड तिमी टिभीमा आउ, म तिम्रो काम सम्हाल्छु!

डोनाल्ड ट्रम्प र अर्नल्ड स्वर्जनेगरबीच जुहारी!
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक समारोहमा भेला भएका व्यक्तिकाबीच हलिउडका प्रख्यात अभिनेता अर्नल्ड स्वर्जनेगरले सञ्चालन गर्ने टिभि कार्यक्रमको रेटिङ घटेकाले उनको लागि प्रार्थना गरौं भनेका छन्। यसको जवाफमा अर्नल्डले एक भिडियो सन्देश सार्वजनिक गर्दै भने, ‘डोनाल्ड तिमी टिभि कार्यक्रममा फर्क, म तिम्रो काम सम्हाल्छु।’
क्याथलिक चर्चको वार्षिक कार्यक्रम ‘नेशनल प्रेयर ब्रेकफास्ट’ का लागि ट्रम्प सामेल भएका थिए। यसै कार्यक्रममा टेलिभिजन कार्यक्रम 'द एपरेन्टिस' का  निर्माता मार्क ब्रनेटले उनलाई वोल्न स्टेजमा आमन्त्रण गरेका थिए! तर, यस कार्यक्रममा ट्रम्पले उपस्थित भेलाकाबीच 'अर्नल्डको रेटिङ घटेकाले प्राथना गरौ’ भन्ने मन्तव्य दिएका हुन्।
राष्ट्रपतिका लागि चुनावी अभियानमा लाग्नुअघि ट्रम्प टेलिभिजन शो 'द एपरेन्टिस' सञ्चालन गर्दथे। ट्रम्प चुनावी दौडमा होमिएपछि यस शो लाई अर्नल्ड स्वर्जनेगरले होस्ट गरेका हुन्। ट्रम्पले होस्ट गर्ने शो को नामलाई अर्नल्डले परिवर्तन गरी 'सेलिब्रेटी एपरेन्टिस्' नाम दिई सञ्चालन गर्दै आएका हुन्।
ट्रम्पले आफ्नो मन्तव्यमा अगाडि भने-  'सेलिब्रेटी एपरेन्टिस' मा आफ्नो स्थानमा निर्देशकले ठूला फिल्मी हस्तीलाई लिए, तर उक्त कार्यक्रमको रेटिङ घटेर गएको छ।
उनले थपे - ‘जब मैले राष्ट्रपति पदका लागि चुनाव लड्ने निर्णय गरेँ त्यस पछि मैले शो छोडनु पर्‍यो।  उक्त शो का निर्माताले मेरो स्थानमा अर्नल्ड स्वर्जनेगरलाई लिए। यस पश्चात के भयो हामी सवै जान्दछौ। शो को रेटिङ घट्दै गयो र यो शो वर्वाद भयो। म चाहान्छु कि तपाईहरू अर्नल्डको रेटिङका लागि प्रार्थना गर्नुहोस।’
ट्रम्पको उक्त भनाईको जवाफमा क्यालिफोर्नियाका पूर्वगभर्नर तथा वलिउडका प्रख्यात हस्ती अर्नल्ड स्वर्जनेगरले ट्विटरमा एक भिडियो सन्देश दिदै भनेका छन् ,‘डोनाल्ड, म सँग तिम्रो लागि एउटा राम्रो सुझाव छ। तिमी रेटिङका लागि एक विशेषज्ञ हौ, तिमी  टिभीमा आउ , म तिम्रो कामको जिम्मा लिन्छु। कम्तिमा यसपछि मान्छेहरू चैनले सुत्न सक्नेछन्।’
हेर्नुहोस् भिडियोमा

प्रकाशित मिति: शुक्रबार, माघ २१, २०७३ ०८:२१:५४

0 comments:

Post a Comment

Loading...