Our social:
Loading...

Friday, February 3, 2017

भारतीय विज्ञापनमा प्रियंका कार्की


फिल्म तथा म्युजिक भिडियो अभिनेत्री प्रियंका कार्की भारतीय विज्ञापनमा देखिएकी छन्। इटो नामको चाउचाउको विज्ञापनमा उनी दुई बच्चाकी अामाको भूमिकामा छिन्। यो विज्ञापन नेपालमै बनेको हो। 
‘कर्कश’ का निर्देशक, ‘लभ साशा’ अभिनेता आशिफ शाह विज्ञापनका निर्देशक हुन्। संगीतकार/गायक, फिल्म/म्युजिक भिडियो निर्देशक अराजकेशव गिरी र गायक मोहित मुनालले पनि विज्ञापनमा स्वर दिएका छन्। विज्ञापनमा दुई बालकलाकार छन्। उनीहरु भारतीय विज्ञापनका चर्चित अनुहार हुन्। 
करिब ६ महिनाअघि छायांकन गरिएको विज्ञापन निर्देशक शाहको निर्माण कम्पनीको युट्युब च्यानलबाट रिलिज गरिएको छ। केही दिनमै भारतीय टेलिभिजनबाट प्रसारण हुने जनाइएको छ। भारतको तुलनामा निकै सस्तो दरमा विज्ञापन बन्ने भएकाले चाउचाउ कम्पनीले नेपाल रोजेको बताइएको छ।

0 comments:

Post a Comment

Loading...