सहमति भए देउवाको ठाउँमा ओलीलाई फेरी प्रधानमन्त्री बनाउन सकिन्छ : नारायणकाजी श्रेष्ठ
काठमाडौ. । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आउने जेठमा माओवादीले नेतृत्व हस्तान्त्रण गर्ने बताए ।

नेपाली रेडियो नेटवर्कसँग कुराकानी गर्दै उनले शेरबहादुर देउवालाई नेतृत्व हस्तान्तरण गर्ने तयारी भएपनि सहमति भए एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेरी प्रधानमन्त्री बनाउन सकिने बताएका छन् । नयाँ सिराबाट छलफल भयो र देशले निकास पाउने अवस्थामा ओलीलाई पनि प्रधानमन्त्री बनाउन माओवादी तयार रहेको बताएका हुन् ।
‘वैशाखको अन्तिम वा जेठको पहिलो हप्तामा स्थानीय तहको चुनाव हुनेछ,’ उनले भने, ‘कांग्रेससँगको सहमति अनुसार सरकार चलेको र त्यसै अनुसार नेतृत्व हस्तान्त्रण हुने पनि स्पष्ट पारे ।’
उनले मधेसी मोर्चाभित्र देखिएको केही हठ र भारतको रुचीले पनि अवरोध पुगिरहेको तर्क गरे । उनले राजनीतिक समस्या समाधानका लागि दलभित्रका अतिवादहरु सबैले त्याग्नुपर्ने बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मधेसी मोर्चाबीच केही विषयमा सहमत भइसकेको उनले जिकिर गरे ।
0 comments:
Post a Comment