सात वर्षदेखि अमेरिकामा बस्दै आएकी इरानीलाई अमेरिका फर्कन प्रतिवन्ध
काठमाडौं । करिब सात वर्षदेखि अमेरिकामा बस्दै आएकी इरानी पीएचडी होल्डर नजानिन जिनौरीलाई तेहरानबाट अमेरिका फर्कन प्रतिवन्धित गरिएको छ ।
पछिल्लो हप्ता विदा मनाउन आफ्नो घर तेहरान आएकी उनीलाई फेरि अमेरिका फर्किन लाग्दा शनिबार दुबई एयरपोर्टमा अमेरिका प्रस्थान गर्ने जहाजबाट दुई अधिकारीले बाहिर निकालेका हुन् ।
उदास मन लिएर घर फर्केकी जिनौरीले आफ्नो तितो अनुभूति फेसबुकमा सेयर गरिन् । उनले अमेरिकामा सात वर्षसम्म बसेर गरेको सेवा आज मूल्यहीन बनेको बताइन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सात मुस्लिम राष्ट्रका नागरिकलाई अमेरिका छिर्न लगाएको प्रतिवन्धले विश्वभर तरंग ल्याएको छ ।
0 comments:
Post a Comment