राष्ट्रिय एकता दिवसमा सार्वजनिक विदा दिन माग गर्दै नेपाल बन्दको आह्वान
काठमाडौं ।पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको रुपमा मनाउँदै आएको पुस २७ गते सार्वजनिक विदा दिन सरकारसँग माग गर्दै शाही युवा शक्ति नेपालले आज नेपाल बन्दको आह्वान गरेको छ ।
विदेशी राष्ट्रपति आउँदा र विदेशी पर्वमा विदा दिने दलाल सरकारले पुस २७ गते विदा नदिएर राष्ट्र निर्माता पृथ्वीनारायण शाहको र आम नेपाली नागरिकको अपमान गरेको भन्दै शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गर्दै बन्दसहितको सशक्त आन्दोलन गर्नुपरेको बताए।
राष्ट्र निर्माताको अपमान गर्ने विदेशीको दलाल पार्टी र झण्डा त्याग गरेर राष्ट्रको झण्डा बोकेर राष्ट्र जोगाउन आवश्यक रहेको भन्दै अध्यक्ष खड्काले सबै युवाहरुलाई सडकमा आउन आह्वान गरेका छन्। अहिलेको समस्याको जड गणतन्त्र भएको भन्दै शाही युवा शक्ति नेपालले यो प्रणाली खारेज गरेरै छाड्ने दाबी गरेको छ ।
आजको बन्द राष्ट्र निर्माताको नाममा भएको भन्दै सबैलाई स्वतस्फूर्त रुपमा सहयोग गर्न शाही युवा शक्ति नेपालले आग्रह गरेको छ। अन्यथा कुनै किसिमको घटना भए स्वयं जिम्मेवार हुने समेत शक्तिले चेतावनी दिएको छ ।

0 comments:
Post a Comment