Our social:
Loading...

Thursday, January 19, 2017

बाबा रामदेवले हराए ओलम्पिकमा रजत जितेका युक्रेनी कुस्तीवाजलाई -


tata
पहिले योग, त्यसपछि आयुर्वेदमा हात हालेका योग गुरु बाबा रामदेव अब कुस्तीमा पनि आफ्नो क्षमता देखाउदै छन्। उनले बुधबार मात्र लन्डन ओलम्पिकमा रजत जितेका युक्रेनका कुस्तीवाज आन्द्रे स्टेडनिकलाई एक प्रदर्शनी खेलमा १२–० ले पराजित गरेका छन्।
बाबा रामदेव र आन्द्रेबीचको स्पर्धा त्यतिबेला सुरु भएको थियो, जब प्रो–रेसलिङ लिगअन्तर्गत मुम्बई र पञ्जावका कुस्ती खेलाडी दोस्रो सेमिफाइनलका लागि तयारी गर्दै थिए। आन्द्रेसँग भिड्नुअघि रामदेवले योग र कुस्तीको केही दाउपेच प्रदर्शन गरेका थिए। यसपछि सुरु भएको प्रतिस्पर्धामा रामदेवले सुरु देखि नै खेलमा पकड बनाए।
रामदेवको पहलमानी देखेर आन्द्रे पनि चकित परेका थिए। उनले खेल सकिएपछि बाबा रामदेव राम्रो कुस्तीवाज रहेको बताउन भुलेनन्।
दिल्लीको केडी जाधव इन्डोर स्टेडियममा भएको यो प्रतिस्पर्धा बाबा रामदेवकै कम्पनी पतंजली आयुर्वेदले प्रायोजन गरेको थियो।
 

0 comments:

Post a Comment

Loading...