माओवादी केन्द्रमा कम्युनिष्टमा हुने कुनै गुण छैनः एमाले अध्यक्ष अोली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेकपा माओवादी केन्द्र कम्युनिष्ट पार्टी नभएको आरोप लगाएका छन्। अध्यक्ष ओलीले माओवादी कम्युनिष्ट पार्टी भए आफू कम्युनिष्ट हुनै नसक्ने तर्क पनि गरे। उनले कम्युनिष्ट पार्टी शिष्ट, समर्पित, देश र जनताप्रति उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै माओवादीमा ती कुनै गुण नभएको जिकीर गरे। बिहीबार साहित्यकार प्रदिप नेपालको ‘आमाको मन’ कृतिको बिमोचन गर्दै अध्यक्ष ओलीले माओवादीले देश र जनताको हितमा समर्पित भएर राजनीति नगरेको जिकिर समेत गरे। अध्यक्ष ओलीले राष्ट्रको हित विपरित गएर आफू कसैसँग नझुकेको दावी पनि गरेका छन्। उनले राष्ट्रिय एकता र स्वाभिमानको पक्षमा उभिएकै कारण सरकार छोड्नुपरेको पनि उल्लेख गरे। अध्यक्ष ओलीले सरकारप्रति संकेत गर्दै कठपुतलीहरुको आगमन आफनो राष्ट्र र जनताप्रतिको निष्ठाकै कारण भएको पनि उल्लेख गरे। फरक प्रसंगमा अध्यक्ष ओलीले विगतमा एकतन्त्रिय शासन चलाएकाहरुले बहुदलीय व्यवस्थाको बिरोध गर्नुको अर्थ नरहेको बताए।
0 comments:
Post a Comment