Our social:
Loading...

Wednesday, January 18, 2017

शाहरूखले किन दिए आफ्ना छोराहरूलाई यस्तो चेतावनी?


बलिउडमा शाहरूख खानलाई महिलाहरूलाई हदैसम्म इज्जत दिने अभिनेताको रूपमा चिनिन्छन्। उनले महिलामाथि हुने हरेक प्रकारका हिंसाको खुलेर विरोध गर्ने गरेका छन्।
नयाँ वर्षमा यसपाली भारतको बेङ्लुरुमा महिलाहरुमाथि भीडको आडमा थुप्रै महिलाहरूमाथी दुर्व्यवहार भएको घटनाले विश्व मानचित्र र भारतमा समेत यसबारे निन्दा भयो। सोही मुद्धामा एक पत्रिकाको लागि दिएको अन्तरवार्तामा उनले यसको खुलेर निन्दा गरे।
उनले सबैले महिलाको इज्जत गर्नुपर्ने र यस्तो नगरेको खण्डमा आफूले आफ्ना छोराको गर्दन काट्न समेत पछि नहट्ने बताए। ‘म आफ्नो दुवै छोरा आर्यन र अबरामलाई सिकाउने गर्छु कि कुनै केटीलाई हर्ट नगर्नु', उनले भने।
'यदि तिमीहरुले यस प्रकारको गल्ती गर्यौ भने गर्दन काटिदिन्छु। मैले दुवैलाई महिलाहरूको इज्जत गर्न सिक भनेको छु।’
केही समय अघि आफ्नो छोरी सुहानालाई लिएर शाहरुखले यस्तै एक अन्तर्वाता दिएका थिए। छोरी सुहानालाई कसैले किस गरे उनको ओठ उखेलिदिने बताएका  थिए।

0 comments:

Post a Comment

Loading...