Our social:
Loading...

Friday, January 27, 2017

अमेरीकी राष्ट्रपति ट्रम्पलार्इ चिनकाे कडा जवाफ : तिम्राे प्रत्येक हमलाकाे जवाफ दिन तयार छाै

एजेन्सी ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपतिको चुनावी अभियान देखि नै चीनप्रति निकै आक्रमक रहे। चीन प्रतिको ट्रम्प हेराई अमेरिकी राष्ट्रपतिमा जितेपछि नै कायम छ। ट्रम्पले चीनले अमेरिकामाथि बलात्कार गरिरहेको टिप्पणी गरेका थिए। ‘अहिले चीनले अमेरिकामाथि जे गरिरहेको छ त्यो गरिरहन दिन् सकिन्न्, त्यो संसारकै इतिहासमा सबै भन्दा ठुलो चोरी हो’, ट्रम्पले भनेका थिए।
डोनाल्ड ट्रम्पको नीति रसियासंग नजिकको सम्वन्ध बनाउने र चीनसंग आक्रामक रणनीति अख्तियार गर्ने देखिन्छ। यसको स्पष्टकारण छ, चीन अमेरिकाको आर्थिक प्रतिष्पर्धी हो रसिया होइन्। ट्रम्पको घोषित नीति नै ‘buy American, hire American’ अर्थात अमेरिकन किन्ने र अमेरिकीलाई रोजगार दिने हो। ट्रम्प चीनसंग कतै पनि नरम देखिने मुडमा देखिन्नन्। उनी चिनियाँबाट आयात गरिने सामानमा थप कर लगाउन तयार छन्। चीनका आन्तरिक मामिलामा बोलेर अत्याउने देखी विवाद दक्षिण सागरका विषयमा कडा रुख अपनाउन शुरु गरिसकेका छन्।
चीनले आफ्नो अभिन्न अंग मान्दै आएको ताइवानका राष्ट्रपति साइ इंग वनलाई फोन गरेर कुराकानी गरेका ट्रम्पले आफू एक चीन नीतिमा नबाँधिएको प्रतिक्रिया दिएर चीनलाई तरंगित पारे। यो राष्ट्रपति रिचार्ड निक्शनको पालादेखि शुरु भएको चिनियाँ र अमेरिकी सम्वन्धको आधारमा क्रमभंगता थियो।
चीनप्रति अमेरिकी नीतिमा आएको परिवर्तन पश्चात चीन चुप लागेर बस्ने संकेत भने देखिएको छैन्। अमेरिकाका प्रत्येक हमलालाई जवाफ दिन चीन तम्तयार देखिन्छ। सयौं वर्ष आफैमा रुमलिएको चीन अब जाग्न थालेको प्रशस्त उदाहरण छन्।ट्रम्पले ताइवानी राष्ट्रपतिसंग फोन गरेर एक चीन नीति विरोधी प्रतिक्रिया दिएको केही हप्तामै चीनले अमेरिकी ड्रोन कब्जा गरेर जवाफ दिएको थियो। विवादित दक्षिण चिनियाँ सागरमा चीनले एन्टी एअरक्राफ्ट मिसाइल जडान गरेको खबर आएका छन्।
चीनका तर्फबाट आएको सबै भन्दा ठुलो प्रतिक्रिया भने डेङफेंङ-४१ नामक इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल सिस्टम हो। संसारकै जुनुसुकै ठाउँमा आणविक हतियार सहित मिसाइल प्रहार गर्ने सकिन यो मिसाइल सिस्टमलाई आफ्नो देश भित्र ३ तीन ठाउँमा जडान गरेको छ। यो सिस्टम जडान भएको समाचार ट्रम्पको शपथ ग्रहण भएको समय पारेर सार्वजनिक गरिएको थियो । यो ट्रम्पलाई जवाफ थियो अब चीन मौन कुटनीतिमा विश्वास गर्दैन र प्रतिक्रिया दिन पनि पछि हट्दैनन भन्ने।
चीनको डेङफेङ-४१ नामक मिसाइल अमेरिका र दक्षिण कोरियाबीच हुन लागेको संयुक्त सैन्य अभ्यासलाई जवाफ पनि मानिएको छ। संगसंगै अमेरिकाले दक्षिण कोरियामा बनाउने भनेको मिसाइल प्रतिरक्षा प्रणाली थाडप्रति चीनको गम्भिर असहमति दर्ज गराउनु पनि यसको उदेश्य मानिएको छ। अमेरिकाले दक्षिण कोरियामा निर्माण गरिने मिसाइल प्रतिरक्षा प्रणाली-थाड उत्तर कोरिया प्रति लक्षित भएको बताउउने गरेपनि चीनले त्यो आफु तर्फ लक्षित भएको बुझ्ने गरेको छ।
डेङफेङ-४१ ले १४ वटा आणविक हतियार बोकेर १५ हजार किलोमिटरसम्म निशाना लगाउन सक्छ।  यसको पहुँचमा संसारको जुनसुकै भुभाग पर्छ।डेङफेङ-४१ संसारकै सबै भन्दा लामोदुरीमा प्रहार गर्न सक्ने मिसाइल सिस्टम हो।यसअघि अमेरिकाको एलजिएम-३० माइनुटम्यान सबै भन्दा लामो दुरीमा मिसाइल प्रहार गर्न सक्ने मिसाइलका रुपमा परिचित थियो जसको पहुँच १३ हजार किलिमिटर सम्म थियो। डेङफेङ-४१ ले म्याक २५ को तीब्र गतिमा निशाना लगाउछ । गतिका हिसावमा पनि यो अमेरिकी मिसाइल सिस्टम भन्दा तगडा छ।नेपाली हेडलाइन्सकाे सहयाेगमा

0 comments:

Post a Comment

Loading...