Our social:
Loading...

Tuesday, January 17, 2017

झन् झन् गरिब प्रधानमन्त्री

पहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’ सुकिलामुकिलालाई झटारो हानिरहन्थे, अहिले सुकिलामुकिलाले उनलाई झटारो हानेका हान्यै छन् । खास गरी उनको सर्वहारा सम्पत्ति विवरण कसैले पत्याएनन् । चिया–गफ चलिरहेका छन्, प्रचण्ड कति फुर्मासी रहेछन् ? त्यत्रो तलबभत्ता कपालमा जेल लगाएरै सक्छन् कि जुवामा उडाउँछन् ? सुशासनको नारा दिएर नथाक्ने सरकार–प्रमुखको बैंक खाता खोइ ? आदि इत्यादि । 
दुई–दुईचोटि प्रधानमन्त्री भइसकेका नेतालाई के ‘जोगी’ होओस् भन्न खोजेको ? १० वर्ष भूमिगत युद्ध हाँकेका नेतालाई के ‘माग्ने’ बनाउन खोजेको ? जाबो एक कट्ठा पनि नभएका भए हाम्रा प्रधानमन्त्री सुकुमबासी हुने रहेछन् ।
जाबो तीन तोला सुनलाई संशोधन गरी ‘ तीन तला’ भन्नेहरुलाई के थाहा ? सुनको भाउ घटेको घट्यै छ । तोलामा कति हजार घटिसक्यो ? प्रधानमन्त्रीलाई कति हजार घाटा लागिसक्यो ? यही रफ्तारमा घट्दै जाने हो भने प्रधानमन्त्रीको हालत के हुन्छ भन्ने कहिल्यै सोच्नु भएको छ ? प्रधानमन्त्री दिनानुदिन गरिब भइरहेका छन् । तपाईंहरुचाहिँ प्रधानमन्त्रीजस्तो मान्छेको गरिबीको खिल्ली उडाउने ? 
लाल कुमाल


http://bit.ly/2iZREqy

0 comments:

Post a Comment

Loading...