कुलमान कि कुलेखानी ?
समय–समयमा नानाथरी ‘... बचाऔँ अभियान’ चलिरहन्छन् नेपालमा । जिल्ला बचाऔँदेखि अञ्चल बचाऔँ, क्षेत्र बचाऔँ अभियान हुँदै प्रदेश बचाऔँ अभियानसम्म जारी छन् । बचाऔँ अभियानको नयाँ एपिसोड हो, ‘कुलमान बचाऔँ अभियान ।’ फेसबुकमा चार लाख लाइक पाएको कुलमान बचाऔँ अभियान अब काठमाडौँका बिजुलीवाला हरियो टेम्पोमा पोस्टर लागिरहेको छ ।
यी कुलमान कुनै बिरामी होइनन्, कुनै दु:साध्य रोग लागेको पनि छैन । उनले कसैलाई ब्लड मनी तिर्नु पनि छैन । तर, बचाऔँ अभियान चलेको चल्यै छ । मित्रहरु हो, ‘आई एम विद् कुलमान,’ अच्छा नारा छ । ‘कुलमान बचाऔँ अभियान,’ पनि ठीकै छ । प्रचारप्रसार देख्दा यस्तो लाग्छ, कुलमान आफैँ कुलेखानी हुन्, लोडसेडिङलाई बिदा गर्ने भगवानै हुन् । उनले कुलेखानीमा कमिला हिँड्न दिँदैनन् । अब बचाउने कसलाई हो ? कुलमान कि कुलेखानीलाई ? लोडसेडिङ तालिका आएको दिन ‘ लोकमान बचाऔँ अभियान’को पोस्टर टाँसिने त होइन ?

0 comments:
Post a Comment