काठमाडौंमा कोठा लिएर बस्ने एक विद्यार्थीलाई मासिक खर्च कति लाग्ला?

काठमाडौं देशको राजधानी मात्र होइन, देशभरीका मानिसको सपनाको सहर पनि हो। यस्तै आवश्यकता र बाध्यता पूर्ति गर्ने थलो पनि हो।
उपत्यकामा ४० लाख बढी जनसंख्या अटाएको छ। यहाँ स्थानीयभन्दा बाहिरबाट आउनेको संख्या उल्लेख्य छ। देशभरी छरिएका मानिसका लागि काठमाडौं रोजगार र अध्ययनका लागि प्रमुख गन्तव्य हो।
सबै विषय अध्ययनका लागि सहज पहुँच भएका र नाम चलेका कलेज, सैद्धान्तिक तथा प्राविधिक स्रोत साधनको उपलब्धता, दक्ष शिक्षकलगायतका सुविधाका कारण अभिभावकले पनि आफ्ना छोराछोरीलाई राजधानीमा पढाउने सपना देख्ने गरेका छन्।
तर सबैले यो सपना पूरा गर्न सहज भने छैन। आर्थिक हैसियत कम भएकाहरुलाई यहाँ आएर अध्ययन र बसाइ खर्च समेट्न निकै हम्मेहम्मे पर्छ।
काठमाडौं महँगो शहर हो। यहाँ जागिर खाएरै सामान्य आय गर्नेलाई समेत टिक्न मुस्किल हुन्छ। झन् घरबाट पैसा पठाएर, जोहो गरेर चल्न निकै गाह्रो छ।
पहिलोपटक काठमाडौं आएर बस्ने वा सोच बनाएकालाई यहाँ जीवनयापन गर्न के कति खर्च लाग्छ भन्ने अनुमान नहुन सक्छ। यसकारण कतिपय यहाँ आएर खर्च र व्यवस्थापनको अभावमा दुःख पाउने वा निराश हुने पनि हुन्छन्।
यसै कुरालाई मध्यनजर गर्दै हामीले देशका विभिन्न भूभागबाट काठमाडौं आएर अध्ययन गरिरहेका विद्यार्थीहरुलाई सोधेर खर्चको आँकलन गरेका छौँ। सामान्य खानपिन, कोठा, यातायातका लागि एक विद्यार्थीलाई औसतमा मासिक कति खर्च लाग्छ लाग्छ भन्ने तथ्यांक हामीले संकलन गर्ने प्रयास गरेका छौँ।
सामाग्री
|
आवश्यक्ता
|
मासिक खर्च मूल्य (रूपैंया)
|
कोठा भाडा
|
एउटा कोठा
|
४००० (औसत विधार्थी बस्ने)
|
यातायात खर्च
|
विधार्थी परिचयपत्र वा युनिफर्म
|
१०००
|
चामल
|
१५ केजी
|
१०५० (७० रुपैंया प्रति केजीको दरले)
|
खाजा
|
५० रुपैंयाँ दैनिक
|
१५००
|
ग्यास सिलिन्डर
|
३ महिनामा एउटा
|
४४५ (१३२५ रुपैंयाँ हालको मूल्यको आधारमा)
|
दाल / तरकारी
|
७५ रुपैंया प्रति दिन (२ छाक)
|
२२५०
|
चिनी / मरमसाला (नुन, तेल,बेसार, लगायात सम्पूर्ण)
|
२ छाक खाना र एक कप चिया प्रति दिन
|
५००
|
विजुली
|
एक महिना
|
२००
|
फोहोर व्यवस्थापन
|
घरवाला वा फोहोर संकलकले उठाउने
|
१००
|
जार र धाराको पानी
|
पिउने र प्रयोग गर्ने दुबै
|
३५०
|
सरफ / सावुन र टुटपेष्ट आदि
|
३००
| |
अन्य
|
१०००
| |
जम्मा
|
१२, ६९५
|
तथ्यांक काठमाडौंमा कोठा लिएर अध्ययन गरिरहेका विधार्थीहरुको खर्च अनुभवका आधारमा तयार गरिएको हो।
जसअनुसार एक जनालाई मासिक करिब १३ हजार रुपैयाँ खर्च हुने देखिएको छ।
माथिको खर्चको हिसाब एक जना विद्यार्थी बस्नको लागि भनेर तयार गरिएको हो।
योबाहेक फरक परिस्थिति र आवश्यकता भएमा खर्च विवरण फरक पर्न सक्छ।
त्यस्तै यो विवरण विद्यार्थीको व्यक्तिगत आनिबानी, अम्मल, रुचि तथा स्वभाव, अध्ययन गर्ने संस्था, मौसम र समयअनुसार फरक पर्न सक्छ।
0 comments:
Post a Comment