एमालेलाई ब्याण्डबाजा बजाएर मधेसबाट विदा गर्छौं
सप्तरी सदरमुकाम राजविराजमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष महतोले संविधान संशोधनमा एमालेले गैर संसदिय चरित्र देखाएको भन्दै मधेसवाट उसलाई पत्तासाफ पार्ने अभियान चलाउन लागेको बताउनुभएको हो । पुस १९, २०७३ सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले एमाले मुक्त मधेश अभियान चलाउने बताउनुभएको छ । सप्तरी सदरमुकाम राजविराजमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष महतोले संविधान संशोधनमा एमालेले गैर संसदिय चरित्र देखाएको भन्दै मधेसवाट उसलाई पत्तासाफ पार्ने अभियान चलाउन लागेको बताउनुभएको हो । अभियानका क्रममा ब्याण्डबाजा बजाएर गाँउवाट एमालेलाई बिदाई गरिने उहाँको दावी छ । पछिल्लो समय मधेशी मोर्चामा आबद्ध दलका नेतामा देखिएको तिक्तताका विषयमा सोधिएको प्रश्नमा महतोले संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादबप्रति कटाक्ष गर्नुभयो । कसैले आफ्नो पार्टीवाट मधेशी शब्द हटाउँदैमा मधेशीको हक अधिकारको आन्दोलन नरोकिने भन्दै उहाँले मोर्चामा आबद्ध दलबीच एकता भने कायमै रहेको दावी गर्नुभयो ।
0 comments:
Post a Comment