अक्षयले धेरै पैसा मागेपछि बन्द भयो यो फिल्म

गत साल लगातार ३ हिट दिएर वक्सअफिसमा ह्याट्रिक गरेका अक्षय कुमार त्यो सफलतासँग आफ्नो पारिश्रमिक पनि सोही अनुसार बढाएका छन्। अक्षयले पछिल्लो समय काम गर्न रूचाएका निर्देशक निरज पाण्डेको 'क्र्याक' फिल्मका लागि पनि ठूलै पारिश्रमिक मागेका छन्।
उनले फिल्मका लागि पैसाको सट्टा इन्टरनेट तथा सेटेलाइट अधिकार मागेका थिए तर निर्माता राजी नभएपछि अक्षयले फिल्म गर्न अस्विकार गरेका छन्। पैसामा कुरा नमिलेपछि अक्षयले फिल्म छाडेको पहिलो पटक होइन।
यसअघि पनि उनले पैसाकै कारण प्रियदर्शनको निर्देशन तथा रोहित शेट्टीको निर्माणमा बन्न लागेको फिल्म सबै कुरा तय भइसकेपछि छाडेका थिए।
यसरी पैसाको कुरा नमिल्नुमा फिल्मको बजेटलाई कारण मानिएको छ। भारतिय संचार माध्यमका अनुसार रोहित शेट्टी, प्रियदर्शन तथा निरज पाण्डेका फिल्मका बजेट धेरै हुन्छन्। बजेटको धेरै भाग फिल्मको मेकिङमा खर्च हुन्छ। कलाकार तथा निर्देशकको पारिश्रमिक बजेट सिमित हुन्छ। अक्षयसँग यसै कारण कुरा मिलेन।
कतिपय फिल्ममा कलाकारले नाफामा भाग लिने सर्तमा काम गर्छन तर यी फिल्ममा अक्षयले यो अवस्थामा रूचि देखाएनन जसका कारण फिल्म अगाडी बढ्न सकेन। बजारमा पैसाका कारण कुरा अगाडी नबढेको र अक्षयले फिल्मको छाडेको चर्चा चले पनि 'क्र्याक'को सन्दर्भमा पाण्डे र अक्षये कथा तयार नभइसकेको भनेर प्रतिक्रिया जनाउँदै आइरहेका छन्।
0 comments:
Post a Comment