Our social:
Loading...

Sunday, January 15, 2017

पहिलोपटक बालुवाटारमा गर्जिए बादलः भारतको नाम लिदै मधेसी मोर्चालाई दिए कडा चेतावनी -

badal
१,माघ,काठमाडौं । लामो समय मौन बसेका माओवादी नेता रामबहादुर थापा ‘बादल’पछिल्लो समय राजनीतिक रुपमा सक्रिय हुन थालेका छन् । सक्रिय मात्रै होइन,उनी निकै कडा रुपमा समेत प्रस्तुत हुन थालेका छन् । यस्तै प्रमुख दुई सत्तारुढ घटक काँग्रेस र माओवादी केन्द्र तथा मधेसी मोर्चाको शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ निकै कडा रुपमा प्रस्तुत भए ।
थापाले मधेसी मोर्चाका नेताले भारतीय नेताको मध्यस्थतामा भारतीय मध्यस्थतामा पटनामा भएको भनिएको मोर्चा, तराईमा सशस्त्र संघर्षरत समूह र सिके राउतबीचको बैठकको कुरा मात्रै उठाएनन्,बरु त्यो सत्य भएको भए त्यसको गम्भीर परिणाम भोग्न चेतावनीसम्म दिए । ‘नेपालको आन्तरिक मामिलामा त्यसरी गलत तरिकाले विदेशीको मध्यस्थतामा छलफल गर्ने मधेसवादीको सोच भएको भए त्यो त्याग्न समेत बादलले सुझाए ।

बादलले एमाले नेता भीम रावलले राष्ट्रपतिसँगको पाँच दलका शीर्ष नेताको भेटमा र एमाले बैठकमा उक्त विषय उठाएको र सञ्चार माध्यममा समेत आएकाले त्यसलाई हल्काफुल्का रुपमा लिन नहुने उल्लेख गरे । त्यस क्रममा उनले त्यो समाचार सत्य वा असत्य जे भए पनि शुभसंकेत नभएको टिप्पणी गरे । उनले नेपालको आन्तरिक मामिलामा नेपालभित्रै छलफल गर्न सकिने तर, विदेशी भूमिमा र विदेशी शक्तिको मध्यस्थतामा समस्या समाधान गर्न खोज्नु घातक भएको टिप्पणी गरे । बैठकमा मधेसी मोर्चका तर्फबाट उपेन्द्र यादव, महन्थ ठाकुर, हृदयेश त्रिपाठी, राजेन्द्र महतो, अनील झा, राजकिशोर यादव लगायत थिए ।

0 comments:

Post a Comment

Loading...