Our social:
Loading...

Friday, January 6, 2017

यूट्युबमा 'लुट २'को ट्रेलर टप ट्रेन्डिङ्‍मा : हेरिसकियो सवा २ लाख पटक


२०७३ को सर्वाधिक प्रतिक्षित फिल्मको सूचिमा नम्बर १ मा रहेको निश्चल बस्नेत निर्देशित भिडियो सजाल यूटियूबमा नेपालको १ नम्बर ट्रेडिङमा पुगेको छ।
बिहिबार साँझ रिलिज भएको ट्रेलरलाई यो समाचार तयार पार्दासम्म करिब सवा २ लाख पटक हेरिसकिएको छ। फागुन १३ गते रिलिज हुने फिल्मको पहिलो सिक्वलको जबरदस्त सफलताले गर्दा फिल्म नेपाली दर्शकहरूमाझ हालसम्मकै सर्वाधिक प्रतिक्षित फिल्म बन्न पुगेको हो।
सार्वजनिक भएको ट्रेलरलाई ७ हजार भन्दा बढि लाइक गरिएको छ। फिल्ममा सौगात मल्ल, कर्मा, दयाहाङ राई, विपिन कार्की, रिचा शर्मा, कामेश्वर चौरासिया, प्रतिक राज न्यौपाने, सिर्जना सुब्बा, सुशिल उप्रेती, सिशिल राज पाण्डे तथा एलिसा राईको अभिनय रहेको छ।
फिल्मले नेपली वक्सअफिसमा रेकर्डतोड ओपनिङ गर्ने अनुमान गरिएको छ।

0 comments:

Post a Comment

Loading...