प्रहरी टोली माथि गोली फायर गर्ने तीनजना जवाफी कारवाहीमा घाइते

सुनसरी, १७ माघ, प्रहरी टोली माथि गोली फायर भएपछि प्रहरीले जवाफी कारवाही गर्ने क्रममा गोली लागेर मोरङ टंकिसिनुवारी–७ बस्ने २९ वर्षीय श्रवण सरदार, मोरङ नोचा–२ बस्ने २७ वर्षीय सतन पासवान र सुनसरी ईटहरी उपमहानगरपालिका–१३ बस्ने ४२ वर्षीय सुभलाल सरदार घाइते भएका छन् ।
प्रहरीले उनीहरुको साथबाट मेड इन युएसए अटोमेटिक पेस्तोल लोड सहित २ थान, कटुवा पेस्तोल २ थान, चक्कु १ थान, कोरेक्स ३ बोतल, डाईजेल्याप र फेनारगन ८ पाकेट समेत बरामद गरेको छ । इटहरी उपमहानगरपालिका–१४ स्थित खनार नहरमा विशेष सूचनाको आधारमा को।२२ प ६३६३ नम्बरको मोटरसाइकललाई सोमबार पच्छयाउने क्रममा मोटरसाइकलमा सवार उनीहरुले सादा पोसाकमा खटिएका प्रहरी माथि गोली प्रहार गरेर भाग्ने प्रयास गरेका थिए ।
प्रहरीले जवाफी फायर गर्दा खुट्टा र तिघ्रामा गोली लागि घाइते भएका उनीहरुलाई पक्राउ गरी उपचारको लागि धरान घोपा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
- See more at: http://aajakokhabar.com/news-details/2316/2017-01-30#sthash.sSmYv5YR.f9fZzYR5.dpuf
0 comments:
Post a Comment