संघीयता लागू भए नेपाल भारतमा गाभिनेः चित्रबहादुर केसी

संघीयताको विपक्षमा उभिदै आएको राष्ट्रिय जनमोर्चाले संघीयता लागू भए नेपाल भारतमा गाभिने चेतावनी दिएको छ। अध्यक्ष चित्रबहादुर केसीले तराईबाट पहाडलाई अलग गर्ने योजना नेपाललाई भारतमा गाभ्ने डिजाइन अन्तर्गत नै आएको जिकीर पनि गरे। मंगलबार भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष केसीले नेपालीको घाँटीमा संघीयताको पासो भिडाएर कालान्तरमा नेपाललाई भारतमा गाभ्ने योजना भइरहेको दावी समेत गरे। उनले सरकार भारतीय स्वार्थ अनुसार चलिरहेको भन्दै आक्रोश पनि व्यक्त गरे। अध्यक्ष केसीले सरकारले विपक्षी दलहरुको अवरोधका बीच संविधान संशोधन प्रस्ताव संसदमा पेश गरेर गाईजात्रा देखाएको टिप्पणी पनि गरे। उनले संविधान कार्यान्वयन गर्न जोड दिने बेला सरकार अन्यत्र मोडिएको भन्दै आपत्ति पनि जनाए। अध्यक्ष केसीले संविधान कार्यान्वयनमा ढिलाई भए गणतन्त्र नै गुम्न सक्ने खतरा रहेको पनि औल्याए। अध्यक्ष केसीले स्थानीय निर्वाचनमा केन्द्रित हुन पनि सरकारलाई दवाव दिए।
0 comments:
Post a Comment