Our social:
Loading...

Friday, December 30, 2016

एउटा बैंकको एटिएम कार्डले अर्कोबाट पैसा झिक्दा कसले कति शुल्क काट्छ ?



बैंकिङ प्रणालीको विकासले जमाना यसरी फेरिदिएको छ कि अब खल्तीमा पैसा बोक्नुपर्ने कुनै आवश्यक्ता रहेन। न हराउला भन्ने डर न चोरी होला भन्ने नै पिर।
 
चाहिएको बेला बैंकले दिएको एटिएम कार्डको प्रयोग गरेर आफ्नो खाताबाट सोझै झिक्न मिल्ने भएपछि आर्थिक क्रियाकलाप सहज बनेको छ। हाल नेपालमा भिसा, एससिटी तथा नेसनल पेमेन्ट नेटवर्क (एनपिएन) कार्ड लगभग सबैजसो बैंकहरुले आफ्ना खातावालालाई डेविट कार्डका रुपमा दिने गरेका छन्।
 
तर कहिलेकाँही आफ्नो खाता भएको बैंकको एटिएमबाट पैसा निकाल्न खोज्दा मेसिन बिग्रेर होस् या सहज उपलव्धता नहुँदा अन्य बैंकको मेसिन प्रयोग गर्न बाध्यता पनि पर्दछ। तर अन्य बैंकको एटिएमबाट पैसा झिक्दा तपाईको खाताबाट थप शुल्क पनि काटिन्छ। 
 
तर तपाईले बोकेको एउटा बैंकको एटिएम कार्ड अर्काे कुनैमा प्रयोग गर्दा कसले कति रकम काट्छ भन्ने जानकारी नहुँदा कहिलेकाही पछुतो पनि लाग्न सक्छ। 
 
तपाईसँग भएको एटिएम कार्ड अन्य बैंकको मेसिनबाट झिक्दा कति शुल्क काटिन्छ त? 
 
सामान्यतया एक बैंकको विभिन्न साझेदार तथा नेटवर्क बैंकहरु हुने गर्छन जसभित्रमा एटिएम कार्डको प्रयोग गर्दा कम शूल्क काटिन्छ तर ति वाहेकका बैंकको मेसिनको प्रयोग गरे प्रत्येक पटकको कारोबारमा बढीमा २५० रुपैंयाँसम्म शुल्क लाग्ने गर्छ।
 
आफ्नै बैंंकको एटिएमबाट पैसा झिक्दा कुनै प्रकारको शूल्क लाग्दैन भने आफ्नै साझेदारी तथा नेटवर्क भित्रका बैंकबाट कम शूल्क लाग्छ । तर कतिपय बैंकहरु कुनै नेटवर्क भित्र बसेका छैनन जसले गर्दा तिनको आफ्नै मेसिन वाहेकबाट पैसा झिक्दा निकै शुल्क  लाग्ने गर्छ।
 
त्यसरी काटिने शुल्क प्रति ट्रान्जेक्सन साढे २ सय रुपैयाँसम्म रहेको छ। त्यसकारण सबैभन्दा पहिला जानौँ बैंकहरुको एटिएम नेटवर्कबारे। 
 
यी हुन् स्मार्ट च्वाइस टेक्नोलोजी (एससिटी) नेटवर्क भित्रका वाणिज्य बैंकहरु 
सिभिल बैंक
एभरेष्ट बैंक
ग्लोबल आइएमइ बैंक
हिमालयन बैंक
लक्ष्मी बैंक
मेगा बैक
नबिल बैंक
नेपाल बङग्लादेश बैंक
नेपाल बैंक लिमिटेड
एनएमबी बैंक
प्रभु बैंक
टि बैंक (भुटानको टासी बैंक)
 
एनपिएन नेटवर्कका भिसा आवद्ध वाणिज्य बैंकहरु 
राष्ट्रिय वाणिज्य बैंक
कुमारी बैंक
ग्लोबल आइएमई बैंक
सानिमा बैंक
सेन्चुरी कर्मसियल बैंक
मेगा बैंक नेपाल
नेपाल क्रेडिट एण्ड कर्मस (एनसीसी) बैंक
नेपाल इन्भेष्टमेन्ट बैंक
 
यो हालको अवस्था हो। एससिटी तथा एनपिएन भिसा आवद्ध बैंकहरुले समयको अन्तरालसँगै नेटवर्क परिवर्तन गर्न सक्नेछन्। 
 
हाल नेपालमा सञ्चालित २८ वाणिज्य बैंकहरुका सम्वन्धित कार्ड तथा मिडिया हेर्ने विभागहरुले दिएको जानकारीका आधारमा हामीले एक बैंकको एटिएम कार्ड (डेविट कार्ड) प्रयोग गरी अन्य कुनै बैंकको मेसिनबाट झिक्दा कसले कति शुल्क काट्छ भन्ने तथ्यांक तयार पारेका छौँ। 
 
नेपाल बैंक 
नेपाल बैंक लिमिटेडले हाल आफ्ना खातावालालाई एससिटी एटिएम कार्ड प्रदान गर्ने गरेको छ। यसको एटिएम कार्ड प्रयोग गरी नेपालभरी एससिटी नेटवर्क भित्र आवद्ध कुनै पनि बैंकको एटिएम मेसिनबाट पैसा झिक्दा २५ रुपैयाँ प्रति कारोबार शुल्क लाग्ने गर्छ।
 
राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय बाणिज्य बैंकको भिसा कार्ड सञ्चालनमा छ। यसको भिसा कार्ड प्रयोग गरी पैसा झिक्दा भिसा एसोसिएटेड बैंकबाट २० तथा ति वाहेककाबाट ५० रुपैयाँ प्रति कारोबार शुल्क लाग्ने गर्छ।
 
कृषि विकास बैंक 
बैंकले दिएको कार्डमा नेश्नल भनेर लेखिएको हुन्छ। यसको एटिएम कार्ड प्रयोग गरी एनपिएन सदस्य बैंकहरुबाट पैसा झिक्दा २० रुपैयाँ प्रति कारोबार शुल्क लाग्नेछ भने अन्यबाट रकम निकाल्न मिल्दैन। 
 
सिटिजन बैंक इन्टरनेशनल 
हाल सिटिजन बैंकले भिसा कार्ड सञ्चालन गर्दै आएको छ। यसको कार्ड प्रयोग गरी देशभरीका अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट पैसा झिक्दा ३० रुपैयाँ प्रति कारोबार शुल्क लाग्ने गर्छ। 
 
सिभिल बैंक
सिभिल बैंकले आफ्ना खातावालहरुलाई मास्टर कार्ड दिँदै आएको छ। जसको प्रयोग गरेर पैसा झिक्दा हिमालयन बैंकबाट १५, अन्य एससिटी नेटवर्क सदस्य बैंकबाट ३० तथा एनपिएन आवद्ध भिसा सदस्य बैंकबाट २५ रुपैयाँ प्रति कारोबार शुल्क लाग्ने गर्छ।
 
त्यस्तै यस कार्डको प्रयोग गरी नबिल, स्टण्डर्ड चार्टड तथा नेपाल एसबिआई बैंकको एटिएम मेसिनबाट पैसा झिक्दा भने २ सय ५० रुपैयाँ प्रति कारोबार शुल्क लाग्ने गर्छ।
 
स्टाण्डर्ड चार्टड बैंक
स्टाण्डर्ड चार्टडले आफ्ना खातावालाहरुलाई दिएको भिसा एटिएम कार्डको प्रयोग गरी अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट पैसा झिक्दा २ सय ५० रुपैयाँ प्रति कारोबार शुल्क लाग्ने गर्छ। 
 
नेपाल एसबिआइ बैंक 
नेपाल एसबिआइले आफ्ना खातावालाहरुलाई दिएको भिसा एटिएम कार्डको प्रयोग गरी अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट पैसा झिक्दा २ सय ५० रुपैयाँ प्रति कारोबार शुल्क लाग्ने गर्छ।
 
सनराइज बैंक
सनराइज बैंकले दिएको भिसा कार्ड अन्य जुनसुकै एटिएम मेसिनबाट पैसा झिक्दा ३० रुपैयाँ प्रति कारोबार शुल्क लाग्ने गर्छ।
 
सिदार्थ बैंक 
सिदार्थले दिएको भिसा कार्ड अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट पैसा झिक्दा ३० रुपैंयाँ प्रति कारोबार शूल्क लाग्ने गर्छ ।
 
लक्ष्मी बैंक
यसको एससिटी कार्डको प्रयोग गरी पैसा झिक्दा नबिल एटिएम मेसिनबाट २५, एससिटि नेटवर्क सदस्यहबाट ३० तथा अन्य बैंकबाट भने ५० रुपैयाँ प्रति कारोबार शुल्क लाग्ने गर्छ।
 
प्राइम कर्मसियल बैंक
प्राइमले दिएको कार्ड भिसा स्विकार्ने देशभरीका जुनसुकै बैंकको एटिएम मेसिनबाट झिक्दा ३० रुपैंयाँ प्रति कारोबार शुल्क लाग्ने गर्छ।
 
नबिल बैंक
नबिलले दिएको कार्ड देशभरीका जुनसुकै बैंकको एटिएम मेसिनबाट झिक्दा ५० रुपैयाँ प्रति कारोबार शुल्क लाग्ने गर्छ।
 
सानिमा बैंक
सानिमाले आफ्ना खातावालाहरुलाई दिएको एटिएम कार्डको प्रयोग गरी पैसा झिक्दा एनपिएन नेटवर्कको भिसा आवद्ध सदस्य बैंकको मेसिनबाट बाट २० र अन्य जुनसुकैबाट भने ५० रुपैयाँ प्रति कारोबार शुल्क लाग्ने गर्छ।
 
एनआइसी एसिया बैंक
एनआइसी एसियाले दिएको भिसा कार्ड देशभरीका जुनसुकै बैंकको एटिएम मेसिनबाट झिक्दा ३० रुपैयाँ प्रति कारोबार शुल्क लाग्ने गर्छ।
 
प्रभु बैंक
प्रभुले आफ्ना खातावालाहरुलाई दिएको एटिएम कार्डको प्रयोग गरी पैसा झिक्दा हिमालयन बैंकबाट २०, एससिटी नेटवर्क भित्रका बैंकको मेसिनबाट ३० तथा भिसाबाट भने १५० रुपैयाँ प्रति कारोबार शुल्क लाग्ने गर्छ।
 
नेपाल बंगलादेश बैंक
नेपाल बङग्लादेशले आफ्ना खातावालाहरुलाई दिएको एटिएम कार्डको प्रयोग गरी पैसा झिक्दा एससिटी नेटवर्क सदस्य बैंकबाट ५० र अन्यबाट भने १ सय ५० रुपैयाँ प्रति कारोबार शुल्क लाग्ने गर्छ।
 
सेन्चुरी कमर्सियल बैंक
सेन्चुरीले आफ्ना खातावालाहरुलाई दिएको एटिएम कार्डको प्रयोग गरी पैसा झिक्दा एनपिएन नेटवर्कको भिसा आवद्ध सदस्य बैंकको मेसिनबाट २० र अन्य जुनसुकैबाट भने ५० रुपैयाँ प्रति कारोबार शुल्क लाग्ने गर्छ। 
 
एनसीसी बैंक
एनसीसीले आफ्ना खातावालाहरुलाई दिएको एटिएम कार्डको प्रयोग गरी पैसा झिक्दा एनपिएन नेटवर्कको भिसा आवद्ध सदस्य बैंकको मेसिनबाट २० र अन्य जुनसुकैबाट भने ५० रुपैयाँ प्रति कारोबार शुल्क लाग्ने गर्छ। 
 
बैक अफ काठमाडौं लुम्बिनी
यस बैंकको भिसा एटिएम कार्ड प्रयोग गरी अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट पैसा झिक्दा ३० रुपैयाँ शूल्क लाग्ने छ।
 
एनएमबी बैंक
एनएमबीले आफ्ना खातावालाहरुलाई दिएको एटिएम कार्डको प्रयोग गरी पैसा झिक्दा एससिटी नेटवर्क भित्रका बैंकबाट ३५ तथा अन्य जुनसुकैबाट भने १ सय ५० रुपैयाँ प्रति कारोबार शूल्क लाग्ने गर्छ।
 
एनआइबिएल बैंक
एनआइबिएलले आफ्ना खातावालाहरुलाई दिएको एटिएम कार्डको प्रयोग गरी पैसा झिक्दा एनपिएन नेटवर्कको भिसा आवद्ध सदस्य बैंकको मेसिनबाट २० र अन्य जुनसुकैबाट भने ५० रुपैंयाँ प्रति कारोबार शुल्क लाग्ने गर्छ।
 
ग्लोबल आइएमई बैंक
ग्लोबलले आफ्ना खातावालाहरुलाई दिएको एटिएम कार्डको प्रयोग गरी पैसा झिक्दा एनपिएन नेटवर्कको भिसा आवद्ध सदस्य बैंकको मेसिनबाट तथा अन्यबाट ५० रुपैयाँ प्रति कारोबार शुल्क लाग्ने गर्छ। त्यस्तै एससिटी नेटवर्कबाट पैसा निकाल्दा भने ३० रुपैयाँ प्रति कारोबार शुल्क काटिने गर्छ।
 
जनता बैंक
जनताले आफ्ना खातावालाहरुलाई दिएको कार्ड अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट झिक्दा ३० रुपैयाँ शुल्क लाग्ने गर्छ।
 
हिमालयन बैंक 
हिमालयनले प्रदान गरेको कार्डको प्रयोग गरी एससिटी नेटवर्क भित्रका बैंकबाट पैसा झिक्दा २५ वा ३० तथा भिसा नेटवर्कका बैंकबाट निकाल्दा भने ५० वा ५५ रुपैैयाँ प्रति कारोबार शुल्क लाग्ने गर्छ।
 
कुमारी बैंक
कुमारीले आफ्ना खातावालाहरुलाई दिएको एटिएम कार्डको प्रयोग गरी पैसा झिक्दा एनपिएन नेटवर्कको भिसा आवद्ध सदस्य बैंकको मेसिनबाट २० र अन्य जुनसुकैबाट भने ५० रुपैयाँ प्रति कारोबार शुल्क लाग्ने गर्छ।
 
एभरेष्ट बैंक
एभरेष्टले दिएको भिसा कार्ड प्रयोग गरेर पैसा झिक्दा हिमालयनबाट २० तथा ग्लोबल, प्रभु, एनएमबी र नेपाल बैंक लिमिटेडबाट भने प्रति कारोबार शुल्क लाग्ने गर्छ।त्यस्तै एससिटी कार्ड भने एससिटी नेटवर्क भित्रबाट निकाल्दा २५ प्रति कारोबार शुल्क लाग्ने गर्छ।
 
माछापुच्छ्रे बैंक
माछापुच्छ्र्रेले आफ्ना खातावालाहरुलाई दिएको भिसा कार्ड अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट झिक्दा ३० रुपैयाँ शुल्क लाग्ने गर्छ।
 
मेगा बैंक
मेगाले आफ्ना खातावालाहरुलाई दिएको भिसा एटिएम कार्डको प्रयोग गरी पैसा झिक्दा एनपिएन नेटवर्कको भिसा आवद्ध सदस्य बैंकको मेसिनबाटबाट २० र अन्य जुनसुकैबाट भने ५० रुपैयाँ प्रति कारोबार शुल्क लाग्ने गर्छ ।
 
त्यस्तै एससिटी कार्डको हकमा भने एससिटी नेटवर्क सदस्य बैंकहरुले २५ रुपैयाँ प्रति कारोबार शुल्क काट्ने गर्छन।

0 comments:

Post a Comment

Loading...