कसरी पत्याउने ? तर, यिनै हुन् संसारलाई चकित पर्ने बंगलादेशका सुपरस्टार !
एजेन्सी । नमिलेका दाँत, होचो कद दुब्लो मान्छे तर परिचय भने ‘सुपरस्टार’ ? धेरैले तस्बिर देख्दा बंगलादेशका आलाम उर्फ अलोम बोगरालाई सामान्य भन्दा समान्य मानिस ठान्छन् । तर, उनी बंगलादेशका सुपरस्टार हुन् । सुपरस्टारको पुरानो परिभाषालाई चुनौती दिदै उर्फ सुपरस्टार भएका छन् । उनको लोकप्रियताले नै उनका चलचित्र र म्युजिक भिडियो हिट भएका छन् ।
उनी झट्ट हेर्दा सुन्दर छैनन् । उनको प्राकृतिक अनुहार आफ्नै खालको छ । तर, उनी बंगालीहरुका बीचमा अति नै लोकप्रिय छन् । यी सुपरस्टारको जिन्दगी भने दुःखै दुःखमा बाँचेको रहेछ । १० वर्षको हुँदा बाबुले अर्के विवाह गरेछन् । गरिब परिवारमा जन्मिएका उनलाई आमाले छोडेपछि बेसाहारा बनेका रहेछन् । उनको औपचारिक शिक्षा समेत कक्षा सातपछि रोकियो ।
जिन्दगी जिउन सुरुका दिनमा क्यासेट व्यापार गरेकाउनले त्यसपछि केबेल व्यापार गरेका रहेछन् । मासिक ७०–८० रुपैयाँ आम्दानी गर्ने उनको दैनिकी बढा कष्टपूर्ण थियो । क्यासेट र सिडी बिक्री गर्ने क्रममा उनले त्यहाँ रहेका मोडललाई देखेपछि आफू मोडल बन्ने निर्णय गरे । धेरैले उनलाई गाली गरे । तर, उनले आफ्नो चाहनालाई छोडेनन् ।
सन् २००८ मा आफै अभिनय गरेर म्युजिक भिडियो तयार पारे । म्युजिक भिडियो स्थानीय केबल टिभीमा प्रसारण भयो । मानिसहरुले उनको भिडियो खुब मनपराए र बंगलादेशभरी फैलियो । रातारात उनको भिडियो युट्युबमा अप्लोड भयो र उनी हिट भए । कयौ निर्माताले भिडियो खेल्न अफर गरे ।
उनले अहिलेसम्ममा पाँच सय भिडियोमा अभिनय गरिसकेका छन् । उनले पछिल्ला दिनमा भने टेलिभिजन चलचित्र सँगै थुप्रै विज्ञापनमा समेत अभिनय गरिसकेका छन् । बलिउडका थुप्रै सुपरस्टारलाई टक्कर दिएका उनलाई अमेरिका बाट समेत भिडियो खेल्ने प्रस्ताव आएको छ ।
0 comments:
Post a Comment